सञ्चार मन्त्री पार्वत गुरुङ नेपाल टेलिकम प्रति आक्रोश
काठमाडौं । माघ २२, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजति कार्यक्रममा नेपाल टेलिकमको सेवा र कर्मचारीहरुको कामगराई प्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले कम्पनीले जनतालाई सेवा पारदर्शी ढंगले दिनुपर्ने भन्दै ग्राहकहरुलाई सेवा दिनुपर्नेमा विभिन्न स्थानबाट टावर नै नहुने गुनासो आउने गरेको बताए । “म कहाँ आउने डेलिगेसनहरु मध्ये टावरको सबैभन्दा धेरै आउँछ । त्यो टावरहरु किन बनेनन् रु’ मन्त्रीले प्रश्न गरे, ‘यो गुनासो किन आउँछ ? सेवा पुगेको छ तर जनताले सो सेवा उपयोग गर्न पाएका छैनन् । कहिलेसम्म हामीले त्यो टावर बनाईसक्छौं कहिलेसम्म त्यो पूर्वाधार बनाईसक्छौ ?” उनले भने ।
उनले टेलिकममा शेयर हाल्नका लागि जुनसुकै कम्पनी आउन सक्छन् तर टेलिकममा लगानी भन्दा रणनितीक साझेदारको खाँचो भएको बताए । मन्त्री गुरुङले जुन व्यावसायिक लक्ष्यका साथ टेलिकमलाई कम्पनीमा रुपान्तरण गरिएको थियो सो लक्ष्य पुरा भएको महसुस गरेको बताए । उनले भने, “नेपाल टेलिकमलाई अहिले लगानीको खाँचो होईन स्ट्राटेजिक पार्टनरको खाँचो हो । भोलीको बोर्ड बैठकले नै गर्दियो कि नेशनल लेभलमा वा इन्टरनेशनल लेभलको हुन्छ ।”