टेलिकमको १७औं वार्षिकोत्सवमा अफर, १ पैसामा १ एमबी डाटा

सहयात्रा टिभी

काठमाडौं । माघ २२, नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा देशभर फोरजी वायरलेस होम र एमएमएस प्याक सेवाको सुरुवात गरेको छ । एफटीटीएच इन्टरनेट नपुगेको स्थान र धेरै डाटा प्रयोग गर्नुपर्ने प्रयोगकर्ताहरूका लागि टेलिकमले सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवा ल्याएको हो । हाल यो सेवा प्रतिमहिना ९ सय ६० रुपैयाँमा लिन सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले मासिक ९ सय रुपैयाँमा ६० जिबी तथा १५ सय रुपैयाँमा १ सय २० जिबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७ सय २० जिबी तथा १६ हजार रुपैयाँमा १४ सय ४० जिबी डाटा उपलब्ध गराउने भएको छ । यसरी हेर्दा एक एमबी इन्टरनेटको शुल्क जम्मा १ पैसा पर्ने जान्छ।

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्