केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । माघ २७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शिर्जनात्मक क्षेत्रमा मन जानेछ । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । खानपानमा ध्यान दिनुहोला । खर्च बढ्ने छ । मेहनेतले काममा सफलता मिल्ने छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्दा दुविधा उत्पन्न हुन सक्छ । सोचेर मात्र निर्णय लिनुहोला । आफ्ना गोप्य कुरा विश्वासिलो व्यक्तिबाहेक अरुलाई नसुनाउनु होला । खर्च बढ्नाले केहि आर्थिक समस्याले पनि सताउन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
शभचिन्तकहरुको साथ र सहयोगले सफलता प्राप्त हुनेछ । जिम्मेवारी बढ्नुको साथै प्रतिष्ठामा समेत वृद्धि हुनेछ । समय अनुकुल हुनाले काममा खास्सै समस्या देखिएको छैन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रिय व्यक्तिसँग भेट हुनेछ । दाम्पत्य सम्बन्ध अझ कसिलो बन्नेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ । टाढाका साथीहरुसँगको भेटले दिन हर्षमय बन्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अनावश्यक ठाउँमा खर्च हुनेछ । दिगो फाइदा हुने काममा संलग्न हुन सकिनेछ । शिक्षा क्षेत्रमा राम्रो उपलब्धि हाँसिल हुनेछ । सन्तानबाट सुख पाइने योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, )
धार्मिक यात्राको अवसर जुट्नेछ । मिष्ठान्न भोजनको योग छ । मौसमी गडबडिले स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । यात्रा गर्दा र खानपानमा भने विशेष ध्यान दिनुहोला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायबाट राम्रो आम्दानि हुनेछ । वैदेशिक क्षेत्रबाट समेत आम्दानि हुने राम्रो अवसर छ । अप्रिय घटनाको खबरले मनमा चस्का पस्नेछ । नसोचेको ठाउँको यात्रा गर्नुपर्ला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोचेको काम पुरा हुनेछ । राम्रो कामले प्रशंसा दिलाउनेछ । अध्ययनमा मन जाला । मिष्ठान्न भोजनको योग छ । चोटपटक लाग्न सक्ने सम्भावना छ, सतर्क रहनुहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै मेहनेतका बाबजुत लक्ष्यमा पुग्न सकिनेछ । पारिवारिक सम्बन्धमा असमझदारी देखिन सक्छ । बोलि व्यवहारमा सतर्क रहनु होला । छुटेका परिवारका सदस्यहरुसँग भेट हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम सम्बन्ध कसिलो बन्दै जानेछ । दिदिबहिनी, दाजुभाईविचको सम्बन्धको गाँठो कसिलो होला । टाढाका मित्रहरुसँगको भेटघाटले मनमा हर्ष जाग्नेछ । अध्ययनमा खास्सै मन नजाला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय अनुकुल रहनेछ । मानसम्मान पाइने योग छ । साचेको काम सजिलै बन्नेछ । साथीभाइहरुको सहयोगले लक्ष्यमा समेत पुग्न सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो फाइदा हुने काममा संलग्न भइनेछ । केहि विवादित काममा अल्झनु परेपनि मध्यान्नपछि समय अनुकुल हुनेछ । खुसीको खबर सुन्न पाइनेछ । खर्चमा केहि वृद्धि भएपनि खास्सै समस्या भने देखिने छैन् ।

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्