=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । माघ ३०,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा सचेत रहनुहोला । सोचेको काम बन्नेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिद्वन्द्वीहरूले पनि मित्रवत् व्यवहार गर्न थाल्नेछन्। केही दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूको साथ मिल्नाले आँटेका काम सम्पादन हुनेछन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
समयमा स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।पारिवारिक असमझदारीले मन खिन्न हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अलि अप्ठ्यारमेमा परिनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। केही अप्रिय समाचारले मन खिन्न हुन सक्छ। आँटेको काम बीचैमा रोकिन सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। प्रतिस्पर्धीहरूलाई झुकाउन सकिनेछ। लगनशीलताले मनग्य आम्दानी दिलाउनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ। अस्वस्थताले कमजोर महसुस हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ साथी भेटिन सक्छन्। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्वको आकर्षण बढाउन सकिनेछ। भोजभतेरको निम्तो आउन सक्छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रनेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। विशेष जिम्मेवारी वहन गर्ने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। व्यापारलगायत दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
सहयोगीहरूले समस्या समाधानको बाटो पहिल्याउनेछन्। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला। परिस्थितिले संघर्षको पाइलामा हिँडाउन सक्छ।

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्