भारतको मैद्रिक नीति सार्वजनिक

सहयात्रा टिभी

काठमाडोैं । माघ २३, भारतको केन्द्रिय बैंक रिर्जव बैँक अफ इन्डिया (आरबीआइ) ले मौद्रिक नीति निर्धारण गर्ने केन्द्रिय बैंक अन्र्तगतको मौद्रिक नीति समितिले मौद्रिक नीति सार्वजनिक गरेको छ । बजेट भाषण आएको तीनदिनपछि बजेटले निर्धारण गरेका लक्ष हासिल गर्न मौद्रिक नीति महत्वपूर्ण मानिन्छ । तर, आरबीआइले सार्वजनिक गरेको मौद्रिक नीतिमा भने अघिल्लो वर्षको नीतिमा खासै परिर्वतन देखिएको छैन ।

भारतीय वित्त मन्त्री सितारमणले झन्डै २३.९ प्रतिशतले खुम्चिएको अर्थव्यवस्थालाई छिटै पुरानै अवस्थामा र्फकाउन तथा आगामी वर्ष लगभग ११ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने उदेश्य सहितको बजेट प्रस्तुत गरेकी छन् । भारतका साथै विश्वका विभिन्न अर्थ शास्त्रीहरुले पनि बजेटको विश्लेषणमा आगामी दिनमा भारतले उच्च आर्थिक गर्ने अनुमान गरिरहेका बताएका छन् । नेपालको सबै भन्दा ठूलो व्यापार साझेदार भारतले लिएको नीतिले नेपालमा प्रत्यक्ष वा परोक्ष असर देखिने गर्दछ । सो विश्लेष अर्तगत विमर्श गर्ने हो भने भारतीय बजेटले नेपाली अर्थतन्त्रलाई केहि प्रभाव पारे पनि मौद्रिक नीतिको तत्काल असर देखिने सम्भावना न्यून रहेको छ ।

 

 

 

प्रकाशित : 5 February, 2021

प्रतिक्रिया दिनुहोस्