७ घण्टाभन्दा कम सुत्नाले यस्ता खतरा निम्त्याउँछ
काठमाडौं । माघ २५, हामीलाई निद्रा लाग्यो भने हामी सुत्छौं, निद्रा नलागेको खण्डमा घण्टौंसम्म मोबाइलमा झुण्डिएर पनि बस्ने गर्छौं । तर के तपाईंलाई हाम्रो निद्राको सम्बन्ध भोक र तौलसँग छ भन्ने थाहा छ ? यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो सुत्ने बानी परिवर्तन गर्नुपर्ने हुन्छ । क्लिनिकल स्लिप मेडिसिन जनरलका अनुसार ७ घण्टाभन्दा कम सुत्दा विभिन्न प्रकारको खतरा बढ्ने गर्छ जस्तै मोटोपना, मुटुरोग, डिप्रेशन इत्यादि । त्यसैले निद्रालाई कसरी राम्रो बनाउने भन्ने बारे पनि जानकारी लिऔं ।
५ घण्टाभन्दा कम निदाउने पुरुषहरुलाई मधुमेहको बढी खतराः
एक शोधका अनुसार आधा आधी निद्राले हाम्रो ग्लूकोज होमियोस्टेसिसमा खराब असर पार्छ । जसका कारण शरीरबाट इन्सुलिन सेन्सेटिभिटी तीब्र रुपमा कम हुन्छ र मधुमेहको खतरा बढ्छ । यस्तो बालबालिकामाथि पनि हुुन सक्छ । स्विडेनका वैज्ञानिकले १० वर्षभन्दा बढीको समयसम्म २००० भन्दा बढी मानिसहरुमाथि अनुसन्धान गरेका छन् । यसमा पत्ता लागेअनुसार ५ घण्टाभन्दा कम निदाउने पुरुष महिलाको तुलनामा बढी मधुमेहबाट ग्रसित थिए ।
निद्रा र तौल बीचको सम्बन्ध:
नेशनल इन्स्टिच्यूट अफ हेल्थको अनुसन्धान अनुसार निद्रा र तौलबीच प्रत्यक्ष सम्बन्ध छ । कम निद्राका कारण तौल बढ्ने र मोटोपनाको खतरा सबैभन्दा बढी छ । एक शोधका अनुसार ती स्वस्थ वयस्क जो ५ घण्टा मात्रै सुत्न सक्षम छन् भने उनीहरुको प्रति रात ८० ग्रामसम्म तौल बढ्ने गर्छ । अमेरिकी हेल्थ एजेन्सी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार १८ देखि ६० वर्षका मानिसहरु हरेक दिन कम्तीमा ७ घण्टा निदाउनुपर्छ । ६१ देखि ६४ वर्षका मानिसहरु ७ देखि ९ घण्टा निदाउनुपर्छ । करिब ३५ प्रतिशत अमेरिकी वयस्क ७ घण्टाभन्दा कम समय निदाउँछन् ।
गहिरो र मिठो निद्राका लागि अपनाउनुस् यी ८ टिप्सः
- सुत्नु एक घण्टा अघि मोबाइल, ल्यापटप, टिभी बन्द गर्नुहोस्
- सुत्ने रुटिन बनाउनुहोस्
- अबेर राती मादक पदार्थ वा कफी नपिउनुहोस्
- दिउँसो एकछिन भएपनि घाममा बस्नुहोस्
- सुत्नुअघि खुट्टा धोएर सुत्नुहोस्
- तनाव कम गर्नुहोस्
- अबेर राती धेरै खानेकुरा नखानुहोस्