आश्रितलाई निःशुल्क औषधि वितरण

सहयात्रा टिभी

काठमाडौं । माघ २५, मानव सेवा आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३०० व्यक्तिलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोको धुलो, चिया र औषधि निःशुल्क वितरण गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौंको सामाखुशीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्ने समेतलाई करिब तीन महिना पुग्ने गरी गुर्जोबाट बनेको चिया प्याकेट र गुर्जोसहितको धुलो औषधि हस्तान्तरण गर्नुभएको छ ।

विसं २०७७ वैशाखदेखि चलाएको गुर्जोको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ । गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ । पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जोको चिया खुवाउने, धुलो औषधि वितरण भएको बताईएको छ ।

 

 

 

 

प्रकाशित : 7 February, 2021

प्रतिक्रिया दिनुहोस्