चितुवाको आक्रमणबाट सयभन्दा बढी कालिज मार्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २५, पाल्पा, तानसेन नगारपालिका वडा नं. ५ मा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सय बढी कालिज मारेको छ ।काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।

चितुवालाई नियन्त्रणमा लिने साधन र दक्ष जनशक्ती नहुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई निकालेर जंगलमै छाडिएको बताईएको छ । रातिको समयमा पसेको चितुवालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए ।

 

 

 

प्रकाशित : 7 February, 2021

प्रतिक्रिया दिनुहोस्