कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशिया रातो पानीमा डुबान
सहयात्रा टिभी
काठमाडौं । माघ २५, शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको छ। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ। सामाजिक सञ्जालमा हजारौँले रातो पानीका विभिन्न तस्बिर हालेका थिए। स्थानीय अधिकारीले नी तस्बिरहरू सही भएको पुष्टि गरेका बताईएको छ। खासमा कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको हो।
सो क्षेत्रमा नदीहरूको पानी पनि बाटीक कारखानाले प्रयोग गर्ने रङ्गका कारण कहिलेकाहीँ फरक रङ्गका देखिने गरेका थिए। गत महिना त्यहाँको नदीमा चहकिलो हरियो रङ्गको पानी बगेको रोयटर्सले जनाएको छ।