माउन्ट केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई इन्भेष्टमेन्ट बैङ्कद्धारा सम्मान

सहयात्रा टिभी

काठमाडौं । माघ २५, नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडले विश्वको दोस्रो उच्च हिमाल माउन्ट केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ । ‘क्रुरता हिमाल’ उपनाम दिइएको माउन्ट केटूको आरोहणलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिएको सो हिमाल निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा सफल आरोहण गरेका थियो ।

नेपाली आरोहीहरूले त्यो उपलब्धी यही माघ ३ गते ५ बजे हासिल गरेर स्वदेश फर्किएका छन्। सो टोलीलाई बैङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० लाखको चेक प्रदान गरेको छ । बैङ्कले नेपाललाई गौरवान्वित तुल्याएकोमा टोलीलाई धन्यवाद दिएको बताईएको छ ।

प्रकाशित : 7 February, 2021

प्रतिक्रिया दिनुहोस्