टिकटकमा व्यस्त होलिन् भनेर वास्ता नगर्दा को परीणाम
सहयात्रा टिभी
काठमाडौं । माघ २५, कञ्चनपुरको भीमदत्त नगरपालिका–१५, गड्डाचौकीकी १३ वर्षीया युवतीले टिकटकमा भिडियो बनाइराख्थिन् । कोरोना महामारीपछि विद्यालयले अनलाइन कक्षा पढाउने गरेकाले बुबाले उनलाई स्मार्ट फोन पनि दिएका रहेछन् । गत १२ माघको दिउँसो उनी टेबलमा चढेर डोरीमा छुन खोज्दै थिइन् । यो दृश्य कक्षा ९ मा पढ्ने उनको दाइले पनि देखेका थिए तर, दिदीले टिकटक बनाउँदै होलिन् भनेर वास्ता गरेनन् ।
दिउँसो १ बजेतिर दाइले देखेका रहेछन् बहिनीले नाटक गरेको होला भन्ने लागेछ र अपरान्ह ३ः४५ मा बुबाले गएर हेर्दा चिसो भेटेपछि हत्तपत्त डोरी काट्नु भएको रहेछ । रिपोर्टमा झुण्डिएको कारण मृत्यु भएको भनिएको छ । सुसाइड नोट वा आत्महत्या गर्नुपर्ने कुनै कारण भेटिएको छैन । शवको पोष्टमार्टम भइसकेको बताईएको छ ।