फेसन डिजाइनर प्रविना केसीको ‘रानी बुटिक’
सहयात्रा टिभी
काठमाडौं । माघ २६, फेसन पारखीहरुका लागि फेसन डिजाइनर प्रविना केसीले ललितपुरको कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । उक्त बुटिकको शनिबार एक औपचारिक समारोहबीच नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईद्धारा उद्घाटन गरेको छ ।
कोरियन फेसकी यी सुन्दर गायिका ‘रानी बुटिक’ले तयार परेको रिल्भर कलरको गाउनमा चिटिक्क खुलेकी थिइन् । उनकै लागि नगरिएको भएपनि रिल्भर गाउनमा गायिका मेलिना खुलेकी थिइन् । उनले भनिन्, ‘मलाई यो गाउनले पनि सुहाएको छ है ।’ बुटिक सञ्चालनमा ल्याएको उनले डिजाइनर तथा रानी बुटिककी सञ्चालक प्रविनालाई बधाई दिएको बताईएको छ।