फुल्चोकीमा हराइरहेका २ जनाको सकुशल उद्दार
सहयात्रा टिभी
काठमाडौं । माघ २६, ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका–३ घर भएका १९ वर्षीय सुरेश केसी उक्त जंगलमा घुम्न गएकाबेला हराएका थिए ।
खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उनीहरुलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको बताईएको छ ।