केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आस्था लेख्छिन्, सबै नेपाली जाति नेपाली भाषी हामी सबैको जय होस

सहयात्रा टिभी

काठमाडौं । माघ २६, गायिका आस्था राउत बोल्नमा प्रष्टवक्ता मानिन्छिन् । आफ्नो मनमा लागेका कुरा अथवा चित्त नबुझेका कुरा निर्धक्कका साथ राख्दछिन् । यही कारण उनी समय समयमा विवाद र चर्चामा आउछिन् । आस्था टेलिभिजन शो ‘द भ्वाइस अफ नेपाल’को निर्णायक रहँदा उनको गतिविधिले चर्चामा ल्याएको थियो । उनको छिटै रुने बानीले दर्शकमाझ उनलाई रुन्ची गायिकाको छाप छोडेको थियो।

यिनै आस्थाले मिडियाप्रति लक्षित गर्दै एक स्टाटस लेखेकी छन्, “आई डन्ट एप्रिसियट न्यूज लाइक लगन जुर्यो रे, के रे, के रे । जब सम्म मिडियालाई आधिकारिक इन्फरमेसन आउँदैन र जबसम्म म नै भन्दिन प्लिज यस्तो हावा न्यूज सर्कुलेट नगर्दिनु होला । मिडियाको लाइमलाइट मलाई घाटीसम्म पुगिसकेको हो पहिल्यै । म पहिला जस्तो सो कल्ड फ्रिडम अफ स्पिच छ भन्दैमा बोल्न मन लाग्न छोडिसक्यो । किन कि म सत्य बोल्छु र मेरो सत्य धेरैलाई पच्दैन रहेछ । मेरो शुभचिन्तकहरु भन्दा पनि मलाई र मेरो राम्रो देख्न नसक्नेको जमात धेरै रहेछ । जबकि म सँधै सहयोगी भावना राख्ने ठूलोलाई सम्मान सानोलाई माया गर्ने मान्छे हो । ठिकै छ । समयले कसैलाई पनि छोड्दैन । म त अहिल्ये एकदम नै खुशी छु । फ्रिलान्सर भएर काम सुरु गर्न पाको छु । कोभिडको तनावबाट बिस्तारी निस्किदै छु । सिक्किममा छु । शो बबाल भयो एण्ड एम ह्याप्पी फर माइसेल्फ । जुनको बाटो जुन हिड्ने हो घामको बाटो धाम । प्लिज एकअर्काको खुट्टा नतान । बरु सबै मिलेर आउ देश बनाम । सबै नेपाली जाति नेपाली भाषी हामी सबैको जय होस ।”

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्