महंगा कार चढ्ने यी १० नेपाली कलाकार
सहयात्रा टिभी
काठमाडौं । माघ २६, दर्शकले सिनेमालाई माया गर्न थालेसँगै सिने कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको पाइन्छ । पछिल्लो समय प्राय सेलिब्रेटी आफ्नै कारमा गुड्ने गरेका छन् । तर उनीहरुको आम्दानीको स्रोत सिनेमा मात्रै भने हैन । सिनेमासँगै विभिन्न विज्ञापन, स्टेज शोहरुमार्फत उनीहरुले आम्दानी गरिरहेका छन् । कतिले त म्युजिक भिडियोबाट पनि मनग्य आम्दानी गरिरहेका छन् ।
दीपकराज गिरी

‘छक्का पञ्जा २’ को सफलतापछि उनले विशेष सेवा र सुविधासहितको टाटाको हेक्जा कार किने । यसको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ ।
दीपाश्री निरौला

‘छक्का पञ्जा’को सफलतापछि दीपाले किनेको हुन्डाईको आई ट्वेन्टी एक्टिभलाई ४० देखि ४२ लाख पर्छ ।
प्रियंका कार्की

मर्सिडिज कार चढ्दै आएकी प्रियंकाले यस वर्ष टाटा जेस्ट किनेकी छिनु जसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ ।
आयुष्मान देशराज जोशी

केही सिनेमाहरुमा मात्रै काम गरेका उनी मर्सिडीज बेन्ज २०० डी १९८४ र किया स्पोर्टेज २०११ चढ्छन् । उनीसँग भएका दुईवटै कारहरु महंगा छन् । मर्सिडीजको बजार मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ भने उनको दोस्रो कार कियालाई ८० लाखभन्दा बढी पर्छ ।
पूजा शर्मा

सिनेमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेकी अभिनेत्री पूजा शर्माले फोर्ड कम्पनीको इको स्पोर्ट नामको कार चढ्दै आएकी छिन् जसको मूल्य ३४ लाख पर्छ ।
पल शाह

पल शाह निशानको सन्नी कार चढ्छन् । यसको बजार मूल्य लगभग ४० लाख पर्न आउँछ ।
रमेश उप्रेती

रमेश हुण्डाइको क्रेटा कार चढ्छन् । यसको बजार मूल्य झण्डै ५८ लाख पर्छ । उनले गएको वर्ष सिनेमा ‘ऐश्वर्य’ निर्माण गरेका थिए । जसले राम्रो कारोबार गर्न सफल रह्यो ।
प्रदीप खड्का

प्रदीपले सिनेमा ‘प्रेम गीत २’ को सफलतापछि सेयरको रुपमा हुण्डाईको क्रेटा कार उपहार पाएका थिए जसको बजारमूल्य ४२ लाख छ ।
भुवन केसी

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी हुन्डाइको क्रेटा चढ्दै आएका छन् । लगभग ५८ लाख रुपैयाँ मूल्य पर्ने यो कार उनले चढ्न लागेको धेरै भएको छैन ।
आकाश श्रेष्ठ

सिनेमा रामकहानीको सफलतापछि अभिनेता आकाश श्रेष्ठले ४६ लाखको कार किनेका छन् ।


