केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप: टेलिग्राम

सहयात्रा टिभी

काठमाडौं । माघ २६, टिकटक तथा फेसबुक मातहतको इन्स्टेन्ट मेसेजि एप ह्वाट्सएप लगायतलाई पछाडि पार्दै क्लाउड बेस्ड मेसेजि एप टेलिग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ । चालु वर्ष सन् २०२१ को जनवरी महिनामा नन गेमिङ एपतर्फ टेलिग्राम पहिलो नम्बरमा उक्लिएको हो ।

जनवरी २०२० मा भन्दा गत महिना टेलिग्राम एप ३.८ गुणा बढी डाउनलोड भएको छ । जनवरी महिनामा धेरै डाउनलोड हुने एपमा टेलिग्राम पछि दोश्रो स्थानमा टिकटक रहेको छ भने तेश्रो स्थानमा सिग्नल रहेको छ । त्यस्तै चौथो स्थानमा फेसबुकले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । ह्वाट्सएपको स्थानमा व्यापक गिरावट आएको छ र सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पाँचौँ स्थानमा झरेको छ । टेलिग्राम एप जनवरी महिनामा विश्वमा ६ करोड २० लाख पटक टिकटक डाउनलो भएको छ । त्यसमा १७ प्रतिशत हिस्सा चीनको छ भने १० प्रतिशत हिस्सा अमेरिकाको छ । स्मरण रहोस् भारतमा टिकटक एप प्रतिबन्धित छ ।

 

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्