८ हजार मिटर अग्ला हिमाल चढेकी नेपाली महिला आरोहीका अनुभव

सहयात्रा टिभी

काठमाडौं। माघ २६, नेपालमा हिमाल आरोहरण गर्ने महिलाहरुको संख्यामा विगतको तुलनामा बढिरहेको छ । यसैक्रममा नेपाली महिला आरोही माया शेर्पाले संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मध्ये हालसम्म ५ वटाको सफल आरोहण गरिसकेकी छिन।

३ पटक सगरमाथा चढेकी उनले विश्वको दोश्रो ठुलो हिमाल केटु, कन्चनजङ्गा, चोयु र मनास्लु हिमालको चुचुरोमा सफलता प्राप्त गरेकी छिन्। उनको आरोहणको अभियान जारी रहेको छ। उनले अझै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको क्रम जारी राख्ने बताएकी छिन। उनी नेपाल पर्वतारोहण संघकी द्वितिय उपाध्यक्ष तथा सगरमाथा आरोही संघकी अध्यक्ष हुन्। हिमाल आरोहे जीवन जोखिममा पारेर हिमाल चढे जस्तै उसले सम्मानित जीवन बिताउनु पाउनु पर्ने उनको भनाई रहेको छ। हिमालमा मरेका परिवारहरुको जिविकोपार्जनतथा शिक्षा दिक्षाकालागि राज्यको तर्फबाट अझ सहयोग हुनुपर्ने कुरामा उनले जोड दिएकी छिन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्