बंगालदेशबाट ५० हजार मेट्रिकटन यूरिया मल यसै सातादेखि नेपाल भित्रिने
काठमाडौं। माघ २६, सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै सातादेखि नेपाल भित्रिने भएको छ । मल आयातका लागि सबै प्रक्रिया सकिएको कृषि सामाग्री कम्पनी लिमिटेडले बताएको छ । आगामी बिहीबारबाट बंगालदेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले जानकारी दिए ।
पहिलो चरणमा बंगालदेशी कम्पनीले दिएको प्याकिङ मल ल्याउने र त्यसपछि बाँकी ३० हजार मेट्रिकटन ब्लक मल प्याकिङ सुरु गर्ने पोख्रेलले बताए । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको छ । बिहीबार देखि बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वररखुल्ना, रोहनपुररसिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर,वीरगन्ज र भैरहवाका गोदाममा ल्याइने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।