भ्यालेन्टाइन्समा एनएमबि बैंकको विशेष अफर
सहयात्रा टिभी
काठमाडौं । माघ २७, एनएमबि बैंकले भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्डमार्फत विभिन्न स्किम ल्याएको छ । बैंकले भिजा कार्डको प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको बताईएको छ ।
बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । हाल एनएमबि बैंकले देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।