निर्मलादेखि भागरथीसम्म ३,३४७ बालिका बलात्कृत

सहयात्रा टिभी

काठमाडौं । माघ २७, बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि हो । तर, न अहिलेसम्म उनको अपराधी भेटिएको छ, न बलात्कारको अत्यासलाग्दो शृंखला नै थामिएको छ । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएको पाईएको छ ।

बलात्कार घटनामा बालबालिका पीडित हुने क्रमसमेत बढ्दो छ । हेर्नुहोस् यस्ता छन् बलात्कार घटना :

  • आ. व ०७६र७७ मा दुई हजार आठ सय ३१ महिला बलात्कृत
  • ०७५ र ७६ मा दुई हजार सात सय ५३ बलात्कार घटना भएका थिए जसमध्ये बालिकाको संख्या एक हजार दुई सय ३२
  • आर्थिक वर्ष ०७६ र ७७ मा दुई तथा ०७५ र ७६ मा ११ जनाको हत्या
  • चालू आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनामा बलात्कार तथा प्रयासका एक हजार दुई सय ६० वटा घटना दर्ता
  • आर्थिक वर्ष ०७६र७७ मा देशभर दुई हजार आठ सय ३१ महिला बलात्कृत भए । त्यसमध्ये एक हजार तीन सय ९३ जना अर्थात् ४९ प्रतिशत १८ वर्षमुनिका नाबालिका

 

प्रकाशित : 9 February, 2021

प्रतिक्रिया दिनुहोस्