(एमसीसी) परियोजनाको प्रसारण लाइन र सडक निर्माणका लागि जग्गा अधिग्रहण
सहयात्रा टिभी
काठमाडौं । माघ २८, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको प्रसारण लाइन र सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम भइरहेको अर्थमन्त्रालयले जानकारी दिएको छ। अर्थमन्त्रालयले दिएको जानकारीअनुसार हाल नुवाकोटको रातामाटेमा एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण भइरहेको बताईएको छ । अर्थसचिव शिशिरकुमार ढुंगानाले जग्गा अधिग्रहण गर्न दुई अर्ब रुपैयाँ खर्च भएको बताए। उनले भने, “परियोजना अन्तर्गत प्रसारण लाइन र सडकमार्ग निर्माण गर्न चाहिने जग्गा लिने काम भइरहेको छ।”