कर्णालीबाट भारत जानेको संख्या बढ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २८, कर्णाली प्रदेशमा अधिकांश व्यक्तिहरुका लागि रोजगारीको गन्तव्य भनेको कालापहाड (भारत) हो । गाउँमा खेतीको काम सकिएपछि कर्णाली प्रदेशका युवाहरुको भारत जाने लर्को लाग्दछ । त्याहाँका अधिकाङ्श व्यक्तिहरु भारतको सिम्ला र कालापहाडमा कामका लागि जाने गर्दछन् भने केही महाराष्ट लगायतका अन्य राज्यमा सेक्युरटीगार्ड (नौकरी), होटेल, रेष्टुराँहरुमा काम गर्ने गर्दछन् । युवाहरु काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्पराजस्तै बनिसकेको छ ।

२०७५ मंसिर १२ गते श्रम तथा रोजगार कार्यालयको शाखा स्थापना भयो । १० जिल्ला हेर्ने गरेर माघ २६ गतेदेखि पुनः श्रम स्वीकृतीको काम शुरुवात भयो । त्यस यता बर्षेनी पुनः श्रम स्वीकृती लिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ९ सय २६ जनाले श्रम स्वीकृती लिएका छन् । यो संख्या बढेर गत आर्थिक वर्ष २०७६/२०७७ मा दुई हजार २६ जनाले पुनःश्रम स्वीकृत लियर तेस्रो मुलुकतर्फ हानिएका छन् । श्रम तथा रोजगार कार्यालयका अधिकृत सुनिता दर्लामीका अनुसार कोरोनाको महामारी पछि अथवा भदौ यता मात्र २ सय ३६ जनाले पुनः श्रम स्वीकृत लिएका छन् । जसमा दूई जना महिला बाहेक अन्य सबै पुरुषहरु छन् ।

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्