पोखरा महानगरपालिकाले आठौं नगरसभामा सबै विधेयक पास
काठमाडौं । माघ २८, पोखरा महानगरपालिकाले आठौं नगरसभा (विधानसभा) प्रस्तुत गरेका सबै विधेयक पास भएका छन् । महानगरले ल्याएका ६ वटा नयाँ विधेयक र १७ वटा संशोधन विधेयक सर्वसम्मत पास भएको बताईएको छ । नगरसभा पास गरेका कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक नयाँ हुन् ।
नगरसभामा ६ वटा नयाँ विधेयक र १७ वटा विधेयक, नियमावली संसोधनका लागि प्रस्तुत भएकोमा नयाँ विधेयक र संशोधन लागि प्रस्तुत गरिएका विधेयकमा छलफल गरी सदस्यहरुले दिएका सुझावलाई समेट्ने गरी पारित गरिएको हो । आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैर राजश्व, खेलकुद, सहकारी, सुशासन, सहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, पूर्वाधार विकास, कृषि व्यवसाय प्रवद्र्धन ऐन, नगर प्रहरी ऐन, न्यायिक समिति लगायत १७ वटा ऐन तथा कार्यविधि संशोधन गरिएको हो ।
पोखरा महानगरपालिकाको यही माघ २५ देखि २७ गते सम्म भएको नगरसभा ९विधान सभा०को प्रारम्भमा नै उप प्रमुख मञ्जुदेवी गुरुङज्यूले प्रस्तुत गरेका वार्षिक बजेट २०७७/०७८ परिमार्जन गर्ने सम्बन्धी र अस्थायी, करार, ज्यालादारी, कर्मचारीको अवकास सुविधा सम्बन्धी विशेष प्रस्ताव नगरसभाले सर्वसम्मतले पारित गरेको छ ।