चीन, यूएई र अमेरिकाका अन्तरिक्षयानहरू मङ्गल ग्रहमा
सहयात्रा टिभी
काठमाडौं । माघ २९, रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन भएको छ।
यूएईले आफ्नो यान पठाएको भोलिपल्ट चीनको तिआन्वेन–१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सभीअरन्स अभियान फेब्रुअरी १८ तारिखमा त्यहाँ पुग्नेछ। अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र प्राचीन सूक्ष्मजीवको अस्तित्वका सम्भावित सङ्केतहरू पत्ता लगाउने रहेको बताईएको छ।
विगतमा मङ्गल ग्रहलक्षित आधाभन्दा बढी अन्तरिक्ष अभियान विफल भएको पाईएको छ। सो अभियानहरूले मङ्गल ग्रह र पृथ्वीबीचको दूरी कम भएको अवसरको सदुपयोग गरिरहेका छन्।