२०औं पटक सत्याग्रह बस्दै, डा. गोविन्द केसी
सहयात्रा टिभी
काठमाडौं । माघ २९, चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटकपटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुन अनसन बस्ने तयारी गरेका छन्। यसपटक प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेको केसीले जानकारी दिएका छन्। सत्याग्रहबारे जानकारी दिन डा. केसीले आज सार्वजानिक स्थलमा कार्यक्रम गर्दैछन्। उनले माइतीघर मण्डलामा दिउँसो १ बजे २० औं सत्याग्रहबारे जानकारी दिने बताएका छन्।