अक्सर दोहोरो भूमिका हुने फिल्ममा अभिनय गर्न रुची राख्छन्: शाहरुख
काठमाडौं । माघ २९, यशराज फिल्मस्को स्पाई युनिभर्स फिल्म ‘पठान’को सुटिङ पुरा भएपछि अभिनेता शाहरुख खान निर्देशक एटलीको फिल्ममा व्यस्त छन् । शाहरुखको फिल्मका लागि उनको कम्पनी रेड चिलिज र एक ठूलो कम्पनीबीचको कुराकानी अन्तिम चरणमा पुगेको बताएका छन् ।
रिपोर्टअनुसार शाहरुखले दक्षिण भारतीय फिल्मका व्यस्त निर्देशक एटलीको जुन फिल्ममा काम गर्ने सहमति जनाएका छन्, त्यो फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । यस्तै अर्को एक फिल्म ‘थाडम’ दक्षिण भारतमा रिलिज भइसकेको छ, जसमा अरुण विजयले प्रमुख भूमिका निर्वाह गरेका थिए । अरुणको फिल्ममा अनुसन्धानको क्रममा प्रहरीले आरोपीको अनुहार मर्ने व्यक्तिको जस्तै भएपछि कथाले नयाँ मोड लिएको देखाइएको थियो ।
फिल्मको बजेट २ सय ५० करोड हुनेछ । शाहरुख अक्सर आफ्नो दोहोरो भूमिका हुने फिल्ममा अभिनय गर्न रुचाउछन् । निर्देशक महेश भट्ट निर्देशित फिल्म ‘डुप्लीकेट’ फ्लप भएपछि शारुखले दोहोरो भूमिकामा अभिनय गरेको तीन फिल्म ‘करण अर्जुन’, ‘डन’ र ‘ओम शान्ति ओम’ सुपरहिट भए ।