काजल अग्रवाललाई छ यस्तो रोग, म लजाउँदिन भन्दै गरिन् रोगको खुलासा

सहयात्रा टिभी

काठमाडौं । माघ २९, दक्षिण भारतीय सिनेमामा निकै चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनी हालै विवाह बन्धनमा बाँधिएकी छन् । एक महिना अघि विवाह गरेकी कागजले विवाह पछि आफुलाई भएको रोगवारे खुलासा गरेकी छन् । उनले आफुलाई भएको रोगबारे लजाउन नहुने भन्दै आफुलाई दम को रोग भएको खुलासा गरेकी छन् । अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै रोगबारे बताएकी छिन् ।

काजल अग्रवालले तस्बिर साझा गर्दै लेखिन्, ‘जब मलाई पाँच वर्षको उमेरमा आफूलाई ब्रोन्कियल अस्थमाबारे थाहा भयो तब मलाई राम्रोसँग याद छ कि त्यतिबेला मलाई मनपर्ने खानबाट बन्देज लगाइएको थियो । एउटा सानो बच्चीलाई चकलेट र दुधवाट बनेका चिज खान बन्देज लगाउँदा त्यो बालिकाले के महशुष गर्छ होला तपाईले अनुमान लगाउन सक्नुहुन्छ ?

प्रकाशित : 11 February, 2021

प्रतिक्रिया दिनुहोस्