काउली खानुको यस्ता फाईदा

सहयात्रा टिभी

काठमाडौं । माघ २९, काउली एक लोकप्रिय तरकारी हो। यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्य सागरीय क्षेत्र मान्ने गरिन्छ । नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ। जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो काउली (फूल कोभी)। काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै प्रिय लाग्छ। त्यसैगरी काउली खानु स्वास्थको लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट आदि पाइन्छ। यो तरकारीले हामीलाई एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि रोगहरूबाट जोगाउन मद्धत गर्दछ ।

प्रकाशित : 11 February, 2021

प्रतिक्रिया दिनुहोस्