इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । माघ २९, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू ११३ दशमलव ६२ देखि रू ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ । आर्थिक वर्ष ०७६/७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू ११३ दशमलव ६२ रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले माघ २ देखि ६ गतेसम्म रू ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ ।

 

प्रकाशित : 11 February, 2021

प्रतिक्रिया दिनुहोस्