मोबाइल फोनमा एमडीएमएस सिष्टम लागू हुने

सहयात्रा टिभी

काठमाडौं । माघ २९, अबको तीन महिनाभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ लागू हुने भएको छ । नेपाली बजारमा भित्र्ने अवैध मोबाइल फोन आयात र बिक्री वितरणलाई नियन्त्रण गर्न नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए) ले यो सिष्टम लागू गर्ने निर्णय गरेको हो । मोबाइलको अवैध व्यापारलाई नियन्त्रण गर्न प्राधिकरण आतुर भएको एनटीएका अध्यक्ष पुरुर्षोत्तम खनालले बताए । ‘एमडीएमएस जडान गरी सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका सबै मोबाइल बन्द हुनेछन्,’ उनले भने ‘यो सिष्टम लागू गर्न प्राधिकरणले कार्यविधि बनाइ रहेको छ ।’

अहिले मोबाइल आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र साढे दुई प्रतिशत अन्तः शुल्क कर लाग्ने गरेको छन् । २०७५/७६ को बजेटले मोबाइलमा फिर्ता हुँदै आएको ४० प्रतिशत भ्याटफिर्ता रोकियो र उल्टै ५ प्रतिशत अन्तःशुल्क लगाइएको थियो । पछि धेरै प्रयासपछि यो दर साढे दुई प्रतिशतमा झारिएको हो, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष समेत रहेका मलहोत्राले भने ‘ कुनै बेला नेपाल विश्वकै सस्तो मोबाइल बिक्री गर्ने देशमा पथ्र्यो । सरकारले ६० प्रतिशत भ्याट फिर्ता दिँदा नेपालीले सस्तो मूल्यमा मोबाइल प्रयोग गर्न पाएका थिए । त्यति बेला मोबाइल किन्दा आम उपभोक्ताले ५.२ प्रतिशतमात्र भ्याट तिरे पुग्ने थियो । यो छुटको व्यवस्था पछि ५० प्रतिशतमा झारियो । त्यसपछि ४० प्रतिशत दिँदै आएको भ्याट फिर्ता अहिले शुन्यमा झरेको छ ।

प्रकाशित : 11 February, 2021

प्रतिक्रिया दिनुहोस्