भेडा फार्मबाट भागी ६ वर्ष सम्म पहाडमा लुकेर बसेको एक भेडाको शरीरमा २७ किलो ऊन

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उम्रेको छ । पहाडमा रहँदा शिकारी ब्वाँसोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊनका कारण उसको शरीरमा दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो । तर न्युजील्यान्डका पत्रकार ल्युक एप्पलबाई तथा अन्यले देशमा शिकारी ब्वाँसोनै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् ।

बेन्डिगो स्टेसनबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको खुलासा भएको छ । ६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो भने त्यसलाई लिलाम गरेर बेचिएको छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको बताईएको छ ।

 

 

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्