गोलभेँडा उत्पादनमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका कारण गोलभेँडा खेतीमा हौसिएर जिल्लाका उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न थाले पनि अहिले भनेजस्तो उचित मूल्य पाउन नसक्दा गोलभेँडाउत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा प्रतिक्रेट रु एक हजारदेखि रु एक हजार पाँच सय मूल्यमा बिक्री हुने गरेको गोलभेँडा अहिले रु ४५० देखि ५०० सम्ममा मात्र बिक्री भएपछि यहाँका गोलभेँडा उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना बढेको देखिन्छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायत क्षेत्रका किसानले उत्पादन गर्दै आएको गोलभेँडाको यसवर्ष उचित मूल्य पाउन नसकेको किसानहरू बताउँछन् । गोलभेँडाको बजार मूल्य अहिले आधाले घटेर प्रति क्रेट रु ४५० देखि रु ५०० सम्ममा बिक्री भइरहेकाले यसबाट लागतसमेत उठ्न नसक्ने भन्दै सर्लाहीका गोलभेँडा उत्पादक किसान चिन्तामा परेका हुन् ।

स्थानीय गोलभेँडा खरीदकर्ताले काठमाडौँ, पोखरा र विराटनगर बजारमा यसको मूल्य घटेको भन्दै अहिले जिल्लामा उत्पादन हुने गोलभेँडाको मूल्य प्रतिक्रेट रु ४५० देखि ५०० निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानको गुनासो छ । सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायतका स्थानमा किसानले सैयौं बिघा जमीनमा व्यावसायिक रूपमा गोलभेँडाखेती गर्दै आएका छन् ।

किसानले स्थानीयस्तरमा उत्पादन गरेको गोलभेँडा जिल्लाको सदरमुकाम मलङ्गवा, बयलबास लालबन्दी, नवलपुर, हरिपुर र हरिवन बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् भने देशका विभिन्न ठूला शहरमासमेत यहाँ उत्पादन भएको गोलभेँडा जाने गरेको छ । जिल्ला बाहिर काठमाडौँ, हेटौँडा, पोखरा, बुटवल, नारायणगढ, विराटनगर, धरानलगायत देशका ठूला शहरमासमेत यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा जाने गरेको व्यापारी तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएका छन् ।

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्