आज सोनाम ल्होसार

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका ल्होसार (ल्होछार) पर्वहरू आज एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएको छ भने अर्कोतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ। यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध बढिरहेकोमा सन्देह रहन्न। यसैक्रममा नेपालको जनसंख्यामध्ये करिब ५.८ प्रतिशत अर्थात् पाँचौं स्थानमा रहेको र शतकौंदेखि कायमै रहेको तामाङ समुदायको ठूलो पर्व पनि सोनाम ल्होसार नै हो।

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।

‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा सारको अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्