बच्चा जन्माउन उत्तम महिना कुन हो ?
काठमाडौं । माघ ३०, पछिल्लो समय मानिसले सन्तान जन्माउने उत्तम समय कुन हो भन्ने बारेमा बहस हुन थालेका छन् । ति बहस अनुसार वैज्ञानिकहरुले सन्तान उत्पादनका लागि उपयुक्त समय कुन भनेर अनुसन्धान थालेको हो । १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले सन्तान जन्माउन यी दुई महिना रोजे, सकभर गर्मी महिनामा गर्भवती नबन्न वैज्ञानिकहरुको सुझाव रहेको छ ।
जनवरी र डिसेम्बरमा गर्भवती हुने महिला गर्भाअवस्थाको अन्तिम समयमा उच्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा. पउल विनचेस्टरको भनाई छ । आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको तर्क छ । जुन महिनामा गर्भाधारण स्वास्थ्यका लागि हानिकार हुने उनीहरुको दाबी छ । गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा विषाधीको प्रयोग हुने र हावामार्फत त्यसको असर गर्भधारण गर्ने महिलामा पर्ने उनीहरुको तर्क छ । अध्ययन टोलीले डिसेम्बरमा गर्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ ।