ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टरद्धार उद्दार

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेपछि राष्ट्रपति महिला उत्थानशील परियोजना अन्तर्गत हेलिकप्टरमार्फत् ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकप्टरबाट शनिबार उद्दार गरेर विराटनगर लगिएको हो।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्दारका लागि हेलिकप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए। हेलिकप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ रहेको छ।

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्