पर्यटन विकासका लागि सहकार्य
काठमाडौं । माघ ३०, सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने भएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियात्ममा यहाँका पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने भएको हो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नवीनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सुदूरपश्चिभ प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय एकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रका लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताउनुभयो । उहाँले कोभिड– १९ ले सुस्ताएको पर्यटनका लागि एक प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर आन्तरिक पर्यटनमार्फत चलायमान गराउन सकिने बताउनुभयो ।
पश्चिमाञ्चल होटल सङ्घमा अध्यक्ष विकल तुलाचन हवाई ‘कनेक्टिभिटी’लाई जोड दिनसके सुदूरपश्चिम र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा विकास हुने बताउनु भएको छ । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमलाई प्रकृतिले सबै कुरा दिए पनि आर्थिक रुपान्तरणमा बदल्न नसकिएको बताउनुभयो । त्यस अवसरमा उहाँले गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई सुन्दर सुदूरपश्चिम भ्रमणका लागि आउन आग्रह गर्नुभयो ।