१५ औं पोखरा अन्तर्राष्ट्रिय सफल म्याराथन प्रतियोगिता भोलि हुने

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, पूर्वखेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ गते शनिबार हुने उक्त प्रतियोगितामा पुरुष धावकहरू मात्र १ सय ५६ जना सहभागी हुने भएको मञ्चले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणापत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रबद्र्धन गर्ने भएको अध्यक्ष गुरुङले जनाए । उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३/४ किलोमिटर दूरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा राखिने भएको अध्यक्ष तेजबहादुर गुरुङले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दूधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए । त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघीय सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताका लागि १०/१० लाख रुपैयाँ विनियोजन भएको छ ।

 

 

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्