यी तीन राशिले लगाउनु हुँदैन् सुनका गरगहना
सहयात्रा टिभी
काठमाडौं । माघ ३०, ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने हरेक धातुको भिन्न–भिन्न ग्रहसँग सम्बन्ध हुने गर्छ। सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ। कहिले काहीं शरीरमा हालत धातुका गहना रहनाले विभिन्न ग्रहको नकारात्मक असर हुने गर्छ। ज्योतिषशास्त्रका अनुसार सुनका गहनालाई लापरवाही गरेर लगाएको कारणनै भाग्योदयमा असर पर्न सक्छ। ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशि हुने व्यक्तिहरुले कहिले पनि सुनको औंठी र गहना लगाउन हुँदैन।
मेष कन्या र धनु राशि भएकाहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्छ। सुन लगाउनाले यी तीन राशि हुनेहरुको घन–सम्पतिमा गलत असर र नकारात्मक उर्जा पैदा गर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।
सुन प्रयोग गर्दा यी कुरालाई ख्याल गर्नुपर्छ:
- सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ
- गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन
- साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ
- देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ
- खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ
- घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ
- ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन
- सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ