५५ वर्षमाथिका नागरिकलाई फागुन २३ देखि कोरोना खोप दिने

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप १४ माघदेखि खोप अभियान सुरु भईसकेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने तयारी गरेको छ ।

सरकार आफैंले बनाएको प्राथमिकताको सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक छन । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्