डा. सत्यमोहन जोशी र उनकी पत्नीले मृत्यपछि शरीर नै दान गर्ने घोषणा गरे

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, वाङ्मय शताब्दी १०१ वर्षका पुरुष डा. सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्यपछि शरीर दान गर्ने घोषणा गर्ने गरेका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा शुक्रवार अपराह्न शरीर दानको घोषणा हुने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।

केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सत्यमोहन जोशीको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गरेकी थिइन् । जीवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन् । यसअघि ललितपुर महानगरपालिकाकै समन्वयमा नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक गरेको थियो ।

 

 

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्