नेकपाको आन्दोलनरत पक्षले नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने

सहयात्रा टिभी

काठमाडौँ । फागुन १, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ ढंगले आन्दोलन गर्ने तयारी गरेको छ ।

 

नेकपाको आन्दोलनरत पक्षले भोली दिउँसो २ बजे पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने बताएको छ । नेकपाले संसद विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिविरुद्ध काठमाडौं लगायत देशभर चरणवद्ध आन्दोलन गर्दै आएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो साता आन्दोलनरत दलहरुसँगको सहकार्यमा संयुक्त जनआन्दोलन समेत घोषणा हुन सक्ने यसअघि नै बताईसकेका छन् ।

 

प्रकाशित : 13 February, 2021

प्रतिक्रिया दिनुहोस्