कोरोना संक्रमितको संख्या ५७ जना थपिए

काठमाडौँ । फागुन १, देशभर आज मात्रै ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्मा नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना सङ्क्रमित निको भएका छन् भने कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।
यस्तै, नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण दुई हजार ५४ जनाले ज्यान गुमाएका छन् भने एक हजार ६ सय ३१ जना सक्रिय सङ्क्रमित रहेको हालसम्मको तथ्यांक रहेको छ ।