जापानमा ७.१ रेक्टर स्केलको भूकम्प

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०२, जापानमा गएराति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन । तर सतर्कता अपनाउन त्यहाँको मौसमी विभागले आग्रह गरेको छ ।

भूकम्पका कारण जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएका जापानका विभिन्न सञ्चारमाध्यमले बताएका छन् । भूकम्पले भौतिकरुपमा विभिन्न ठाउँमा माटोका ढिस्काहरु खस्नुका साथै सडकहरु पनि भासिएका छन् ।

प्रकाशित : 14 February, 2021

प्रतिक्रिया दिनुहोस्