सुनको मूल्यमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०२, शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । तेजाबी सुनको मूल्य आज आइतबार ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ यस ३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य रु १५ रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ ।

प्रकाशित : 14 February, 2021

प्रतिक्रिया दिनुहोस्