अचम्मको कुकुर जसलाई मालिकले मृत्युपछि ५० लाख डलर छाडेर गए

काठमाडौं । फाल्गुन ०२, अमेरिकामा ‘लुलु’ नामको एक कुकुरलाई यसका मालिकले ५० लाख डलर छाडिदिएका छन् । यसरी अचानक ‘लखपति’ बनेको आठ वर्षीय लुलुको यतिबेला अधिक चर्चा भइरहेको छ ।
८७ वर्षीय व्यवसायी बिल डोरिसको गत वर्ष मृत्यु भएको थियो । जो अविवाहित थिए । उनले आफ्नो मृत्युपछिको ‘इच्छापत्र’मा सबै सम्पत्ति लुलुको रेखदेखका लागि भनेर एउटा ट्रस्टमा जम्मा गर्न भनेका थिए । सो ट्रस्टले लुलुको ख्याल राख्न आवश्यक रकम मासिक रूपमा प्रदान गर्नेछ ।