जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०२, महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले मेलाको उद्घाटन गरेकी हुन् । तीन दिनसम्म चल्ने सो प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री महतोले उद्यमीहरुलाई सक्षम बनाउनका लागि आफु तम्तयार रहेको बताइन् ।

समाजलाई समृद्ध बनाउनका लागि मन्त्री महतोलेमहिलाहरु समृद्ध तथा खुशी हुनु आवश्यक रहेको बताउदैँ महिलाहरुको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहरुलाई समेत अलग्गै योजना ल्याउन आग्रह गरिन् ।मेलामा कुल ५० वटा स्टल राखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा शुरु भएको प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको आयोजक पक्षले बताएको छ ।

प्रकाशित : 14 February, 2021

प्रतिक्रिया दिनुहोस्