चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ७ महिनामा २३ वटा गैंडाको मृत्यु

काठमाडौं । फाल्गुन ०३, गैंडाहरू चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै मरेको पाइएको छ । गैंडा मर्ने क्रम बढ्दै गए पनि मृत्युको कारणबारे भने विस्तृत अनुसन्धान हुन नसकेको अधिकारीहरूले जानकारी दिएका छन् । ४ वटा चोरी सिकारी र ५ वटा बाढीले बगाएर मृत्यु भएको छ ।
त्यस्तै गैंडाहरू पनि निकुञ्जको पूर्वबाट पश्चिमतर्फ स्थानतरण हुँदै गएको पाइएको छ । गैंडाहरु स्थानतरण हुन थालेपछि निकुञ्जले पूर्वतर्फ घाँसे मैदान व्यवस्थापनका बासस्थान विस्तार थर्न थालेको छ । गैंडाहरू चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै मरेको पाइएको छ । गैंडा मर्ने क्रम बढ्दै गए पनि मृत्युको कारणबारे भने विस्तृत अनुसन्धान हुन नसकेको अधिकारीहरूले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा २०७३ सालमा एक गैंडा चोरी शिकारीबाट मारिएको थियो । त्यसपछि मारिएको थिएन । त्यस्तै पश्चिममा केन्द्रित गैँडालाई पूर्वी सेक्टरमा आन्तरिक स्थानान्तरणको पनि प्रयास भइरहेको बताईएको छ ।