पर्यटकीय नगरी रामकोट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो। मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन्। चिटिक्क परेका घर। घर अगाडि ढुङ्गा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। आहाँ कति राम्रो रामकोट गाउँ ।

कोभिड–१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिए। चौध घरले तालिम लिएर शुरु भएको रामकोट घरवासमा अहिले ४० घरमा पर्यटक राख्न मिल्नेछ। यहाँका स्थानीयवासीलाई घरवास आर्थिक उपार्जनको माध्यमसमेत बनेको छ। पृथ्वी राजमार्गको व्यास नगरपालिका–१२ छिर्कने हुँदै र बन्दीपुर बजारबाट रामकोट पुग्न सकिन्छ। बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारबाट रामकोट पुग्न साइकल लेनसमेत निर्माण गरेको छ। बन्दीपुर आएका विदेशी पर्यटक पनि साइकल लेनको बाटो पैदल हिँडेरै रामकोटसम्म पुग्ने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्