मंगल ग्रहमा पठाएको यूएई यानको पहिलो तस्वीर
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०३, अन्तरिक्ष विज्ञानमा यूनाइटेड अबर एमिरेट्स (यूएई)ले इतिहास बनाउन लागेको छ । सात महिना अघि पृथ्वीबाट प्रक्षेपण गरिएको अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहको कक्षमा अवतरण गर्दैछ । उक्त अभियानलाई ‘होप’ नामाकरण गरीएको छ ।
उक्त यान एक लाख २० हजार किलोमिटर प्रति घण्टाको दरले घुमिरहेको छ । मङ्गल ग्रहको गुरुत्वाकर्षणसँग मेल खाने गरी ब्रेकिंग इन्जिन छुट्ट्याउन अन्तरिक्ष यानले २७ मिनेटसम्म प्रयत्न गर्नेछ । होपले हालै पहिलोपटक मंगलग्रहको पहिलो तस्वीर स्पेस एजेन्सीलाई पठाएको छ । सो तस्वीर मंगलग्रहको २४ हजार ७०० किलोमिटरमाथिबाट लिईएको हो ।