माझी बस्तीको बारेमा आएका समाचारहरू सत्य नभएको स्वेता खड्काको दाबी

काठमाडौं । फाल्गुन ०३, नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको झ्याँडीमा निर्माणाधिन एकिकृत माझी बस्तीको बारेमा आएका समाचारहरू सत्य नभएको जानकारी दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचनाहरु तथा समाचारहरु सत्य नभएको दाबी गरेकी हुन्।
उनले ती समाचारहरुको यथार्थबारे स्पष्ट पार्दै जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन, भनेकी छिन्।